२०८३ बैशाख ३० गते , बुधबार

मुद्दा मिलाई दिने भन्दै ठगी गर्ने झापाका सिंह पक्राउ

sajilo news
झापा
२०८० आश्विन १६ गते , मंगलबार
मुद्दा मिलाई दिने भन्दै ठगी गर्ने झापाका सिंह पक्राउ

झापा । मुद्दा मिलाई दिने भन्दै ठगी गर्ने दमकका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं. ५ क्याम्पस मोड बस्ने ३८ वर्षीय शिवनारायण सिंह रहेका छन् । गत असार २६ गते राति ११ः३० बजेको समयमा दमक नगरपालिका वडा नं.२ बाट २७ वर्षीय तिलकराम खवासको कोठाबाट दीपक साह, रेसम गौतम र तिलकराम खवास ब्राउन सुगरसहित पक्राउ परेका थिए ।

उनीहरूलाई नियन्त्रणमा लिई अदालतबाट म्याद थप लिई अनुसन्धान भइरहेको अवस्थामा प्रतिवादी साहका आफन्तलाई मुद्दा मिलाई दिन्छु भनी सिंहले रु.१ लाख रुपैयाँ लिएका थिए । पीडित पक्षले इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराउनासाथ खटिएको प्रहरी टोलीले सोमवार उनलाई दमक बजारबाट नियन्त्रणमा लिई ठगी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार