२०८३ बैशाख ३१ गते , विहीबार

बिर्तामोडको होटलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

sajilo news
झापा
२०८० आश्विन १४ गते , आईतबार
बिर्तामोडको होटलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

बिर्तामोड । बिर्तामोडको होटलमा लागू औषध ब्राउन सुगरको कारोबार गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार दिउँसो ४ :३० बजेको समयमा बिर्तामोड ५ स्थित त्रिवेणी होटल एन्ड लजमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।

होटलधनीलाई खानतलासी पुर्जी समेत दिई खानतलासी गर्दा होटल लजको कोठा नम्बर १ भित्र बिर्तामोड ४ घर बताउने अन्दाजी २१ वर्षीय उत्तम दर्जी र इलाम सूर्योदय नगरपालिका २ घर बताउने अन्दाजी २० वर्षीया सन्ध्या विश्वकर्मा बसेको कोठाको बेडमा १ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर र नगद ५ हजार ५०० रुपैयाँ फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार