२०८३ बैशाख ३० गते , बुधबार

मेची पुलबाट ब्राउन सुगरसहित एक भारतीय महिला पक्राउ

sajilo news
झापा
२०८० आश्विन १३ गते , शनिबार
मेची पुलबाट ब्राउन सुगरसहित एक भारतीय महिला पक्राउ

झापाको भद्रपुरस्थित मेची पुलबाट लागु औषध ब्राउन सुगरसहित एक भारतीय महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल उत्तर दिनाजपुर दलखोला शिखरपुर घर भई हाल  झापा अर्जुनधारा नगरपालिका- ६ महानन्द चोकमा डेरा गरी बस्ने २८ वर्षीया सन्जरी खातुन रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

शुक्रबार दिउँसो साढे ३ बजेको समयमा भद्रपुर- ५ स्थित मेची पुलमा खटिएका सशस्त्र र नेपाल प्रहरीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेकी खातुनलाई शङ्का लागि चेकजाँच गर्दा ६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । ब्राउन सुगरसहित पक्राउ परेकी महिलालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको जनाएको छ । 

सम्बन्धित समाचार