२०८३ असार १२ गते , शुक्रबार

मुस्लिम संघ केन्द्रीय उपाध्यक्षमा झापाका शेख र सदस्यमा हुसेन

sajilo news
झापा
२०८० आश्विन १० गते , बुधबार
मुस्लिम संघ केन्द्रीय उपाध्यक्षमा झापाका शेख र सदस्यमा हुसेन

बिर्तामोड । नेपाली काँग्रेसको भातृ संस्था नेपाल मुस्लिम संघको केन्द्रीय उपाध्यक्षमा झापाका सर्फराज शेख सर्वसम्मत चयन भएका छन् । संघको असोज ७ र ८ गते काठमाडौँमा सम्पन्न तेस्रो केन्द्रीय महाधिवेशनले अताबुल मन्सुरीको अध्यक्षतामा सर्वसम्मत समिति चयन गर्दै झापाका शेखलाई उपाध्यक्षमा चयन गरेका हुन् । अधिवेशनले झापाका साहिद हुसेन,अमिन अलि शेख र सेलेतुन खातुनलाई केन्द्रीय सदस्यमा चयन गरेका छन् । 

सम्बन्धित समाचार