२०८० मंसीर २३ गते , शनिबार

घरको छतबाट खसेर एक बालकको मृत्यु

sajilo news
झापा
२०८० आश्विन ८ गते , सोमबार
घरको छतबाट खसेर एक बालकको मृत्यु

तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनिष सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका उनको उपचारका क्रममा आज पोखरामा मृत्यु भएको हो । तत्कालै उनलाई दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात् पोखरा पठाइएको थियो । प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार