२०८० मंसीर २० गते , बुधबार

भद्रपुरको मेची पुलबाट ब्राउन सुगरसहित एक जना पक्राउ 

sajilo news
झापा
२०८० आश्विन ८ गते , सोमबार
भद्रपुरको मेची पुलबाट ब्राउन सुगरसहित एक जना पक्राउ 

भद्रपुर । भद्रपुर- ५ स्थित मेची पुलबाट लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।  सोमबार बिहान ८ :४५ बजेको समयमा विशेष सूचनाको आधारमा प्रहरी बिट मेची पुलमा खटिएका प्रहरी टोलीले चेकजाँचका क्रममा मेची नगरपालिका- १३ चारआली निवासी ३३ वर्षीय नितेश लिम्बुलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

भारतबाट  प्र-१-०१-०१६ प ३७११ नम्बरको स्कुटर चढेर नेपाल आएका उनलाई शङ्का लागेर प्रहरीले रोकेका थिए । त्यसपछि स्कुटरको डिकी चेकजाँच गर्दा लुकाई छिपाई राखिएको १ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । पक्राउ परेका लिम्बुलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको जनाइएको छ । 

सम्बन्धित समाचार