२०८० मंसीर १८ गते , सोमबार

आदर्श स्कुल बिर्तामोडको आदर्श चिन्तन कार्यक्रम सम्पन्न 

sajilo news
झापा
२०८० आश्विन ७ गते , आईतबार
आदर्श स्कुल बिर्तामोडको आदर्श चिन्तन कार्यक्रम सम्पन्न 

बिर्तामोड ।  पढाई सँगसँगै समाजमा रचनात्मक अतिरिक्त  क्रियाकलाप गर्दै आइरहेको झापास्थित आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडले आदर्श चिन्तन मार्फत विशेष कार्यक्रम सम्पन्न गरेको छ।

सो कार्यक्रममा चर्चित कार्यक्रम प्रस्तोता तथा सन २००५ की मिस नेपाल सुगारिका केसीले छात्राको क्षमता, व्यक्तिगत विकास, बोल्ने -हिँड्ने शैली, आत्मविश्वास ,महिला सशक्तीकरण जस्ता विषयमा सहभागीहरूलाई जानकारी गराएकी थिइन् ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी केसीले महिलाहरूले आफूसँग भएको जुनसुकै क्षमतालाई अवसरको रुपमा लिनुपर्ने बताएकी समेत थिइन् ।  कलेजकी एकाडेमीक कोडिनेटर विजया भण्डारीको अध्यक्षता भएकोमा कलेजकी बेकरी विभाग प्रमुख अनुसा ढकाल खरेलले कार्यक्रमको औचित्य बारे प्रकाश पार्दै स्वागत मन्तव्य राखेकी थिइन् ।  कलेजका अतिरिक्त क्रियाकलाप प्रमुख दीपक दासले सञ्चालन गरेको कलेजका एभेन्ट म्यानेजर किरण बस्नेतले जानकारी दिए । 

सम्बन्धित समाचार