२०८३ बैशाख ३१ गते , विहीबार
इलाममा ब्राउन सुगरसहित एक जना पक्राउ
इलामको माई नगरपालिका- ४ स्थित लखन चौकबाट लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । शनिवार विशेष सूचनाको आधारमा प्रहरी चौकी दानावारिबाट खटिएका प्रहरी टोलीले चेकजाँचका क्रममा माई नगरपालिका- ४ स्थित शुक्रबारेबजार बस्ने २४ वर्षीय चिरञ्जीवी बस्नेतलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । उनको साथबाट ४ ग्राम ०८० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । पक्राउ परेको बस्नेतलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखेर अनुसन्धान गरिरहेको जनाइएको छ ।