२०८३ असार १२ गते , शुक्रबार

आजको मौसम : तराईमा हावाहुरीसहित वर्षा

sajilo news
झापा
२०८० आश्विन ७ गते , आईतबार
आजको मौसम : तराईमा हावाहुरीसहित वर्षा

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आइतबार दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। मधेश र कोशी प्रदेशको तराई भू–भागमा हावाहुरीसमेत चल्नेछ। 

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।  हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। 

सम्बन्धित समाचार