२०८३ असार १२ गते , शुक्रबार

विश्वमा शान्तिको कामना गर्दै इनरव्हील क्लबद्वारा दीप प्रज्वलन

sajilo news
झापा
२०८० आश्विन ५ गते , शुक्रबार
विश्वमा शान्तिको कामना गर्दै इनरव्हील क्लबद्वारा दीप प्रज्वलन

भद्रपुर। इनरव्हील क्लब अफ भद्रपुरले विश्व शान्ति दिवस विविध कार्यक्रम गरी मनाएका छन् । सामाजिक सस्ंथा इनरव्हीलले भद्रपुर-५ स्थित बुद्ध मन्दिरमा १०८ दीप प्रज्वलनसँगै परेवा उडाएर विश्व शान्ति दिवस मनाएका हुन् । विश्वमा शान्ति मिलोस् भन्ने कामनासहित सो दिवस मनाइएको इनरव्हीलकी कोषाध्यक्ष लीना राई श्रेष्ठले जानकारी दिइन् ।

इनरव्हीलकी अध्यक्ष निर्मला निरौला खडकाको अध्यक्षतामा भएको कार्यक्रममा चार्टर प्रेसिडेन्ट कुसुम अधिकारी पराजुली, भ्वाइस प्रेसिडेन्ट प्रमीला ढकाल ओझा, सेक्रेटरी अमृता हुमागाईँ पराजुली, मिडिया इडीटर डिचेन शेर्पा, सदस्यहरू गीता श्रेष्ठ, निता श्रेष्ठ, अनिता मानन्धर पराजुली, केञ्चु निरौला श्रेष्ठ र प्रभा ढकाल लगायतको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार