२०८३ असार १२ गते , शुक्रबार

कृषि आधुनिकीकरण परियोजनाको गाडीको ठक्करबाट झापामा दुई जना घाइते

sajilo news
झापा
२०८० आश्विन ५ गते , शुक्रबार
कृषि आधुनिकीकरण परियोजनाको गाडीको ठक्करबाट झापामा दुई जना घाइते

झापा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई झापाको गाडीको ठक्करबाट दुईजना गम्भीर घाइते भएका छन् ।कनकाई नगरपालिका- ३ स्थित पूर्व पश्चिम राजमार्गमा शुक्रबार बिहान १०:२५ बजे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईको बा २ झ २५७१ नम्बरको बोलेरो पिकअपले ठक्कर दिँदा पैदलयात्रीहरु कनकाई- ३ बस्ने ६२ वर्षीया भूमिका तिम्सिना र भद्रपुर- ५ बस्ने ४५ वर्षीय विनोद मण्डल घाइते भएका हुन् । दाहिने खुट्टा र दाहिने हातमा चोट लागेकी तिम्सिनाको अवस्था गम्भीर रहेको छ भने बायाँ खुट्टामा चोट लागेका मण्डलको अवस्था सामान्य रहेको छ । उनीहरूको बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईको बा २ झ २५७१ नम्बरको गाडी इकाई प्रमुख उपसचिव रवीन्द्र सुवेदी आफैले चलाएका थिए । बेलबारी ३ बस्ने ५१वर्षीय सुवेदीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।-

सम्बन्धित समाचार