२०८० मंसीर २० गते , बुधबार

प्रहरीमाथि हातपात गर्ने तीनजना पक्राउ

sajilo news
झापा
२०८० आश्विन ४ गते , विहीबार
प्रहरीमाथि हातपात गर्ने तीनजना पक्राउ

संखुवासभा प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पाँचखपन नगरपालिका-७ बिहीबारे बजार बस्ने ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय बसन्त कटुवाल र २४ वर्षीय बिष्णु कटुवाललाई पक्राउ गरेको हो। 

पाँचखपन नगरपालिका-७ बिहीबारे बजारमा उनीहरुले मादक पदार्थ सेवन गरी हो-हल्ला गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले सम्झाइ बुझाइ गर्ने क्रममा प्रहरी कर्मचारी माथिनै हातपात तथा दुर्व्यवहार गरेपछि उनीहरुलाई पक्राउ गरेको हो। हातपात गर्दा घाइते भएका एक जना प्रहरी कर्मचारी बाना स्वास्थ्य चौकीमा उपचार पश्चात डिस्चार्ज भएका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। 

सम्बन्धित समाचार