२०८३ असार १२ गते , शुक्रबार

विषालु सर्पले डस्दा एक महिलाको मृत्यु

sajilo news
झापा
२०८० आश्विन ४ गते , विहीबार
विषालु सर्पले डस्दा एक महिलाको मृत्यु

सिन्धुलीको दुधौलीमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । सर्पदंशबाट दुधौली नगरपालिका– ६ हर्षाहीकी ६५ वर्षीया जानुकी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बुधबार बेलुकी घरमै विषालु सर्पले डसेपछि घाइते उनलाई उपचारका लागि दुधौली सर्पदशं अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार