२०८३ असार १२ गते , शुक्रबार

पिङ् खेल्ने क्रममा लडेर एक बालकको मृत्यु

sajilo news
झापा
२०८० आश्विन ४ गते , विहीबार
पिङ् खेल्ने क्रममा लडेर एक बालकको मृत्यु

धनकुटामा पिङ खेल्ने क्रममा लडेर एक बालकको मृत्यु भएको छ । जिल्लाको महालक्ष्मी नगरपालिका-५ स्थित माझिगाँउ बस्ने मदन खड्काको १० वर्षीय छोरा मन्दिप खडकाको पिङ खेल्ने क्रममा अचानक लड्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो ४ बजेको समयमा घर नजिकै रहेको ईपिलको रुखमा जुटको डोरी लगाएर बनाइएको पिङमा खेल्ने क्रममा बालक लडेका थिए । घटना बारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

सम्बन्धित समाचार