लेखापढी सहकारीको नाफा १४ लाख २८ हजार, ६ जना सम्मानित
भद्रपुर । भद्रपुरस्थित लेखापढी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । भद्रपुर- ९ स्थित मुना सामुदायिक भवनमा आयोजित कार्यक्रममा संस्थाले उत्कृष्ट सञ्चालक मुरारी न्यौपानेसहित ६ जनालाई सम्मान गरेको छ । न्यौपानेलाई करुवासहित प्रशंसा पत्रले सम्मान गरिएको थियो । त्यस्तै सहकारीका ज्येष्ठ सदस्य सोमप्रसाद पोखरेल, उत्कृष्ट बचतकर्तातर्फ युवराज कार्की, लक्ष्मी कोइराला, ऋणीतर्फ त्रिलोक भण्डारी र झरेन्द्र उप्रेतीलाई करुवासहित प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष महेशकुमार भट्टराईको अध्यक्षता तथा झापा जिल्ला बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । अध्यक्ष भट्टराईले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २९ जना शेयर सदस्यबाट शुरु भएको यस संस्थाको स्थापना २०६७ जेठ १४ भएको थियो । २
०८० को असार मसान्त सम्ममा आइपुग्दा २६४ शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी ८९ लाख ३० हजार ६ सय रुपैयाँ रहेको अध्यक्ष भट्टराईले जानकारी गराए । संस्थाको कुल नाफा १४ लाख २८ हजार ५२५ रुपैयाँ रहेको उनको भनाई छ । संस्थाका उपाध्यक्ष गोविन्द बुढाथोकीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन दलबहादुर थापाले गरेका थिए । संस्थाको बन्द सत्रबाट आजै नयाँ कार्यसमिति चयन गरिने जनाइएको छ ।