२०८० आश्विन ९ गते , मंगलबार

कन्याममा स्कुटर दुर्घटना, दुईजना घाइते

sajilo news
इलाम
२०८० आश्विन २ गते , मंगलबार
कन्याममा स्कुटर दुर्घटना, दुईजना घाइते

इलामको सूर्योदय नगरपालिका–७ कन्यामस्थित मेची राजमार्गमा स्कुटर दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । कन्यामबाट फिक्कलतर्फ जाँदै गरेको मे ११ प ६३३० नम्बरको स्कुटरले सोही स्थानमा रोकिराखेको मे १ ख ३२०१ नम्बरको मिनी ट्रकलाई पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा भन्ने स्कुटर चालक इलाम सूर्योदय नगरपालिका– ११ मुर्तिडाँडा बस्ने ३७ वर्षीय पञ्च लिम्बू (बायाँ आँखाको डिलमा चोट) र पछाडि सवार पाँचथर फालेलुङ गाउँपालिका– ६ बस्ने वर्ष अन्दाजी २८ वर्षीय निर्मल राई(टाउकोको दाहिने भागमा चोट) लागेर घाइते भएका छन् ।

दुवै घाइतेलाई तत्काल उपचारको लागि फिक्कल अस्पताल फिक्कल पठाइएकोमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर झापा पठाइएको छ । दुवैको अवस्था मध्यम रहेको र मिनी ट्रक चालक झापा हल्दिबारी गाउँपालिका– २ पाराखोपी बस्ने २६ वर्षीय दीपेश मेचेलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित समाचार