२०८३ असार १२ गते , शुक्रबार

साउदी अरेबियामा झापाका सुवेदी सम्पर्कविहीन

sajilo news
झापा
२०८० आश्विन ३ गते , बुधबार
साउदी अरेबियामा झापाका सुवेदी सम्पर्कविहीन

साउदी ।  वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका झापाको दमक-९ का घनेन्द्र सुवेदी एक सातादेखि सम्पर्कविहीन भएका छन्।  साउदी अरेबियाको रियादस्थित अल अरिद कम्पनीमा २००३ देखि क्रेन डाईभरका रूपमा कार्यरत रहेका थिए। सुवेदी गत बुधबार बिहान ८ बजे आफ्नो मोबाइल र कम्पनीको मोबाइल सबै कम्पनीमा बुझाई कम्पनीको सुजुकी जिप गाडी लिएर सम्पर्कविहीन भएको जानकारी झापाली सहकोषाध्यक्ष सुजन घिमिरेले बताए।

हालसम्म पनि उनी सम्पर्कमा नआएको परिवारले बताएका छन्। सम्पर्कविहीन भएका सुवेदीको खोजीका लागि सहयोग गरिदिन झापा समाज साउदीले दूतावास लगायत विभिन्न संघसंस्था र व्यक्तिलाई आग्रह गरेको छ। 

सम्पर्कविहीन भएका सुवेदीलाई कसैले देखेमा ००९६६५९२५१५२४०/०९६६५७१३४५६४ मा सम्पर्क गरी सहयोग गर्न झापाली समाज साउदीका अध्यक्ष राजेन्द्र थापाले आग्रह गरेका छन्। 

सम्बन्धित समाचार