२०८० आश्विन ९ गते , मंगलबार

शिक्षक आन्दोलनका कारण बिर्तामोड नगरपालिकाको शिक्षा दिवसको कार्यक्रम स्थगित

sajilo news
झापा
२०८० आश्विन २ गते , मंगलबार
शिक्षक आन्दोलनका कारण बिर्तामोड नगरपालिकाको शिक्षा दिवसको कार्यक्रम स्थगित

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आज मनाइने राष्ट्रिय शिक्षा दिवसका कार्यक्रम स्थगित गरेको छ । प्रस्तावित नयाँ शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरू आन्दोलित भएका कारण नगरपालिकाले शिक्षा दिवसको पूर्व निर्धारित कार्यक्रमहरू स्थगित गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले आज एक सूचना जारी गरी राष्ट्रिय शिक्षा दिवसको उपलक्ष्यमा आयोजित विविध कार्यक्रम अर्को सूचना नभएसम्म हाललाई स्थगित गरिएको जनाएका छन् । नयाँ शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरू आन्दोलित रहेका छन् । उनीहरूले विद्यालय बन्दसम्मको आन्दोलन घोषणा गरेका छन् ।

सम्बन्धित समाचार