२०८० आश्विन ९ गते , मंगलबार

झापाका शिक्षकले जलाए नयाँ शिक्षा विधेयकको मस्यौदा

sajilo news
झापा
२०८० आश्विन १ गते , सोमबार
झापाका शिक्षकले जलाए नयाँ शिक्षा विधेयकको मस्यौदा

नयाँ शिक्षा विधेयकको मस्यौदा झापाका शिक्षक र विद्यालय कर्मचारीहरुले जलाएका छन् । आइतबार बेलुका बिर्तामोडको मुक्ति चोकमा झापाली शिक्षक तथा विद्यालय कर्मचारीले प्रस्तावित शिक्षा विधेयकको मस्यौदा जलाएको शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेलले बताए ।
नयाँ शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरु आन्दोलित रहेका छन् । उनीहरुले विद्यालय बन्दसम्मको आन्दोलन घोषणा गरेका छन् ।

सम्बन्धित समाचार