२०८१ बैशाख २० गते , विहीबार

शिक्षक बन्न अनिवार्य माष्टर्स डिग्री पास गर्नुपर्ने

sajilo news
झापा
२०८० भाद्र २७ गते , बुधबार
शिक्षक बन्न अनिवार्य माष्टर्स डिग्री पास गर्नुपर्ने

सरकारले माध्यमिक तहको शिक्षक बन्न अनिवार्य स्नातकोत्तर (माष्टर्स डिग्री) पास गरेको हुनुपर्ने व्यवस्था गरेको छ। बुधबार संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनिवार्य स्नातकोत्तर पास गर्नुपर्ने व्यवस्था उल्लेख छ।

विधेयकमा उल्लेख भएअनुसार आधारभूत तहको साधारण शिक्षकको हकमा जुनसुकै विषयमा स्नातक तह तथा विषयगत शिक्षकको हकमा सम्बन्धित विषयमा स्नातक तह र माध्यमिक तहको शिक्षकको हकमा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने छ। यसअघि स्नातक उतीर्ण गरेकाले माध्यमिक तह शिक्षक बन्न पाएका थिए।

सम्बन्धित समाचार