२०८२ फाल्गुन ७ गते , विहीबार

तीन वर्ष पूरा नभई शिक्षक सरुवा गर्न नपाइने, सरुवाको सम्पूर्ण जिम्मा स्थानीय तहलाई

sajilo news
झापा
२०८० भाद्र २७ गते , बुधबार
तीन वर्ष पूरा नभई शिक्षक सरुवा गर्न नपाइने, सरुवाको सम्पूर्ण जिम्मा स्थानीय तहलाई

सरकारले शिक्षक सरुवामा कडाइ गरेको छ। बुधबार संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा नियुक्ति भएको तीन वर्ष पूरा भएपछि मात्रै सरुवा हुन र गर्न पाइने व्यवस्था छ।

‘एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्दा सहमतिको आधारमा सरुवा गर्नुपर्ने, नियुक्ति भएको मितिले कम्तीमा तीन वर्ष पूरा नभएसम्म सरुवा गर्न नपाइने,’ विधेयकमा भनिएको छ।

यस्तै रमाना दिँदा कितावखानामा रेकर्ड अद्यावधिक गरी सकेपछि मात्र रमाना दिनुपर्ने व्यवस्था गरिएको विधेयकमा उल्लेख छ। यसअघि सरुवा हुनलाई यस्तो निश्चित समय तोकिएको थिएन। साथै शिक्षक सरुवाको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिएको छ।‘

स्थानीय तहले सोही स्थानीय तह अन्तर्गतको एक सार्वजनिक विद्यालयबाट अर्को सार्वजनिक विद्यालयमा तथा एक स्थानीय तहले अर्को स्थानीय तहमा सरुवा गर्न सक्ने व्यवस्था गरिएको छ,’विधेयकमा उल्लेख छ। त्यसरी सरुवा गर्दा आधारभूत तहको साधारण शिक्षकलाई समान पदको रिक्त पदमा र आधारभूत तहको विषयगत र माध्यमिक तहको शिक्षकलाई विषयगत रिक्त पदमा मात्र सरुवा गर्नुपर्ने व्यवस्था छ।

सम्बन्धित समाचार