२०८३ बैशाख ३१ गते , विहीबार

विमानस्थलबाट २६ लाख नगदसहित राजश्व कार्यालयका अधिकृत पक्राउ

sajilo news
झापा
२०८० भाद्र २५ गते , सोमबार
विमानस्थलबाट २६ लाख नगदसहित राजश्व कार्यालयका अधिकृत पक्राउ

नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित राजश्व कार्यालय, तुलसीपुर दाङका अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका छन्। नेपालगञ्जबाट काठमाडौं जाने क्रममा विमानस्थलमा सुरक्षा जाँचका क्रममा स्रोत नखुलेको २६ लाख रुपैयाँसहित सापकोटा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले अन्नपूर्णलाई जानकारी दिए।

उनका अनुसार सुरक्षा जाँचका क्रममा ठूलोमात्रामा नगद फेलापछि नियन्त्रणमा लिइएको हो।  डाँगीले भने,'सुरक्षा जाँचका क्रममा उनको साथमा  ठूलो मात्रामा नगद फेला परेपछि सापकोटालाई नियन्त्रणमा लिएका हौं।  घटनाबारे अनुसन्धान भइरहेको छ।'

सम्बन्धित समाचार