२०८३ बैशाख ३१ गते , विहीबार

रथयात्रामा शङ्कास्पद गतिविधि गर्ने ३८ जना प्रहरी नियन्त्रणमा

sajilo news
झापा
२०८० भाद्र २१ गते , विहीबार
रथयात्रामा शङ्कास्पद गतिविधि गर्ने ३८ जना प्रहरी नियन्त्रणमा

विराटनगर भगवान् श्रीकृष्ण रथयात्रामा शङ्कास्पद गतिविधिमा संलग्न ३२ भारतीयसहित ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रथयात्राको क्रममा उनीहरूले विभिन्न शङ्कास्पद तथा आपराधिक गतिविधि संलग्न देखिएकोले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । नियन्त्रणमा लिनेहरूमा ३० जना पुरुष र ८ जना महिला (६ जना नेपाली र ३२ जना भारतीय) हुन् । उनीहरूलाई  प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

सम्बन्धित समाचार