२०८३ बैशाख ३१ गते , विहीबार

भद्रपुरबाट १० लाखको ब्राउन सुगर बरामद, तीन भारतीय नागरिक पक्राउ

sajilo news
पार्थ मण्डल
२०८० भाद्र २० गते , बुधबार
भद्रपुरबाट १० लाखको ब्राउन सुगर बरामद, तीन भारतीय नागरिक पक्राउ

झापा । करिब १० लाखको मुल्य बराबरको लागु औषध ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूलाई १९७ ग्राम ८०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको र बरामद गरिएको ब्राउन सुगर अहिलेसम्मकै सबैभन्दा धेरै परिमाणको रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा भारत पश्चिम बङ्गाल राज्य दार्जिलिङ जिल्ला नक्सलबारी निवासी २८ वर्षीया कल्याणी बर्मन, सोहीका २८ वर्षीया राधा सिंह र २४ वर्षीय कल्याण बर्मन रहेका छन् । 

लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौँ, जिल्ला प्रहरी कार्यालय झापाको इन्टेलिजेन्स टोली र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले उनीहरूलाई मंगलबार दिउँसो साढे १ बजेको समयमा भद्रपुर नगरपालिका- ८ स्थित चन्द्रगढी विमानस्थल अगाडीबाट ब्राउन सुगरसहित पक्राउ गरेको हो । भद्रपुरबाट पक्राउ परेका महिलाद्धय कल्याणी र राधालाई प्रहरीले सोधपुछ गर्दा सो ब्राउन सुगर कल्याणले काँकडभिट्टाबाट पठाएको बताएका थिए ।

त्यसपछि प्रहरीले कल्याण बसेको ठाउँ पत्ता लगाएर उनलाई पनि पक्राउ गरेको डीएसपी रिजालले बताए । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको उनले बताए । बरामद गरिएको ब्राउन सुगर प्रति ग्राम झापामा ५ हजारको दरले बिक्री हुने गरेको उनको भनाई छ । 

सम्बन्धित समाचार