२०८३ बैशाख ३१ गते , विहीबार

झापा गाउँपालिका ब्राउन सुगरको 'ट्रान्जिट' बन्दै, सशस्त्रद्वारा फेरि दुईजना पक्राउ

sajilo news
झापा
२०८० भाद्र १४ गते , विहीबार
झापा गाउँपालिका ब्राउन सुगरको 'ट्रान्जिट' बन्दै, सशस्त्रद्वारा फेरि दुईजना पक्राउ

झापा गाउँपालिका पछिल्लो समय प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ओसारपसार गर्ने 'ट्रान्जिट पोइन्ट' बन्दै गइरहेको छ। भारतको बिहारसँग सिमाना जोडिएको यस गाउँपालिकाबाट दिनहुँ जसो ब्राउन सुगर प्रयोगकर्ता र कारोबारी पक्राउ पर्न थालेका छन् । यसैक्रममा बुधवार साँझ सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट टाघनडुब्बाका इन्स्पेक्टर दीपेन्द्रमणि राईको कमान्डमा खटिएको सशस्त्रको टोलीले ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका- १ का २७ वर्षीय निश्चल सुवेदी र झापा गाउँपालिका- २ स्थित कुवाडीका १९ वर्षीय शिव कामती रहेको सशस्त्र प्रहरीले जनाएको छ। को ३४ प ७८७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूमाथि शङ्का लागि सशस्त्र प्रहरीले चेकजाँच गर्दा २ ग्राम ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ बरामद गरेको थियो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको जनाइएको छ ।  गत आइतबार मात्र सशस्त्र प्रहरीले झापा १ स्थित बेलायतीवारि सीमा इलाकाबाट ५० ग्राम लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा मोरङ जिल्ला उर्लाबारी नगरपालिका-७ का २७ वर्षीय विनोद लिम्बू, सोही नगरपालिका-१० का २६ वर्षीय सुरेश धिमाल र झापा गौरादह नगरपालिका-४ का २५ वर्षीय सन्देश लिम्बू रहेका थिए । 

 

सम्बन्धित समाचार