२०८३ बैशाख ३१ गते , विहीबार
झापामा जबरजस्ती करणीको आरोपमा एक व्यक्ति पक्राउ
झापामा जबरजस्ती करणीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दमक नगरपालिका–५ यलम्बर चोक डेरा गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका–३ घर भएका ४३ वर्षीय मोहनबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ ।
राईले ती महिलालाई ललाई फकाई गत साउन १८ गते दिउँसो दमक नगरपालिका–८ स्थित होटेलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।