२०८३ बैशाख ३१ गते , विहीबार

झापामा महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

sajilo news
झापा
२०८० भाद्र २ गते , शनिबार
झापामा महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

झापा गाउँपालिकामा महिलालाई जबरजस्ती करणी (बलात्कार ) गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा झापा गाउँपालिका- २ हेल्थपोष्ट टोल निवासी ५७ वर्षीय दिलिप माझीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

 माझीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार