२०८३ बैशाख ३१ गते , विहीबार

झापामा एकै ठाउँबाट दुईवटा माेटरसाइकल चाेरी, समातिए दुईजना

sajilo news
पार्थ मण्डल
२०८० श्रावण ३२ गते , विहीबार
झापामा एकै ठाउँबाट दुईवटा माेटरसाइकल चाेरी, समातिए दुईजना

झापा । झापामा दुईवटा मोटरसाइकल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम चुलाचुली गाउँपालिका- ३ स्थित मंगलसिद्दी बजार बस्ने २७ वर्षीय वीरबहादुर राई  र चुलाचुली-३ यलम्बर चोक बस्ने २१ वर्षीय मनोज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

प्रहरीका अनुसार गत साउन २५ गते कमल गाउँपालिका- ६ स्थित लखनपुर टोल निवासी अशोककुमार तामाङको घर अगाडी पार्किङ गरि राखिएकाे बजाज कम्पनीको मे ८ प ३४७८ नम्बरको मोटरसाईकल र मे ९ प ८६६८ नम्बरको बजाज कम्पनीकै एनएस मोटरसाईकल चोरी भएकाे थियोे । पार्किङ गरी राखिएको दुईवटा मोटरसाइकल एकैसाथ चोरी भएपछि पीडित धनीले इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएका थिए ।

चोरी भएको माेटरसाइकलहरूकाे खाेजतलास गर्ने क्रममा विशेष सूचनाको आधारमा उनीहरूलाई माेटरसाइकलसहित पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसंधान भइरहेको छ । 

सम्बन्धित समाचार