२०८३ बैशाख ५ गते , शनिबार

मेचीनगरबाट सुपारी र लत्ताकपडा बरामद

sajilo news
झापा
२०८० श्रावण ३१ गते , बुधबार
मेचीनगरबाट सुपारी र लत्ताकपडा बरामद

झापाको मेचीनगरबाट सुख्खा सुपारी र लत्ताकपडा प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मङ्गलवार राती सवा ८ बजेको समयमा विशेष सूचनाको आधारमा मेचीनगर नगरपालिका- १० स्थित खयरडाँगी बस्ने शेखर खड्काको घरबाट ९ बोरा अन्दाजी ४५० केजी सुपारी बरामद गरेको हो । आवश्यक कागजात बिनाको करिब २ लाख ७० हजार मुल्य बराबरको सुपारी बरामद गरिएको प्रहरीले जनाएको छ ।  

त्यस्तै इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले बुधवार बिहान ६ बजेर ४० मिनेटमा मेचीनगर- १० स्थित निन्दा पुल नजिकै सवारीसाधन चेकजाँचको क्रममा भन्सार छलीका लत्ताकपडा बरामद गरेको छ ।

प्रहरीले सवारीसाधनबाट साडी ७४ पिस, कुर्ता सुरुवाल २० पिस, सल ४ पिस गरी अन्दाजी मुल्य ४८ हजार ६ सयको कपडा बरामद गरेको छ । बरामद गरिएको सुपारी र लत्ताकपडा आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार