२०८३ बैशाख ३१ गते , विहीबार

पथरीशनिश्चरेमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

sajilo news
मोरङ
२०८० श्रावण ३० गते , मंगलबार
पथरीशनिश्चरेमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

मोरङको पथरीशनिश्चरेमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ।  पथरीशनिश्चरे–५ जयनगर का ६४ वर्षीय हर्कजंग लिम्बूले कुटपिटले उनका श्रीमती ६३ वर्षीया कर्णमाया लिम्बूको मृत्यु भएको हो। घयसायी विवादमा हर्कजंगले गत साउन २६ गते बिहान ११ः३० बजेतिर कर्णमायालाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलले बताए। 

उनका अनुसार कुटपिटबाट घाइते भएकी भएकी कर्णमायालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो। नोबेलले सोमबार रेफर गरेपछि परिवारका सदस्यले थप उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगेका थिए।

उपचारकै क्रममा राति १० बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक पोखरेलले बताए।  घटनामा संलग्न हर्कजंगलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइने प्रनि पोखरेलको भनाइ छ। 

सम्बन्धित समाचार