२०८३ जेष्ठ १ गते , शुक्रबार
आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
ताप्लेजुङमा आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । मैवाखोला गाउँपालिका- ५ फाकुम्बा निवासी ६३ वर्षीया धनमाया लिम्बुको हत्या गरेको अभियोगमा उनका ३३ वर्षीय छोरा दिल्ली कुमार लिम्बुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
मानसिक अवस्थामा ठिक नभएको बताइएका दिल्लीले आमाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी साँघुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।