२०८३ बैशाख ३१ गते , विहीबार

विराटनगरको मुख्य बजारमा एक युवामाथि तरबार प्रहार

sajilo news
मोरङ
२०८० श्रावण ३० गते , मंगलबार
विराटनगरको मुख्य बजारमा एक युवामाथि तरबार प्रहार

विराटनगरको मुख्य बजारमा एक युवामाथि दिनदहाडै तरबार प्रहार भएको छ। तरबार प्रहारबाट विराटनगर महानगरपालिका-८ का २२ वर्षीय महमद हलिम गम्भीर घाइते भएका छन्। विराटनगर-१० सन्सारीमाईस्थानमा उनीमाथि दिउँसो २:४५ बजेतिर तरबारले प्रहार गरिएको प्रहरीले जनाएको छ। हलिमको दुवै हातमा गहिरो चोट लागेको छ। 

उपचारका लागि सुरुमा न्यूरो अस्पताल भर्ना गरिएको थियो। चिन्ताजनक अवस्थाका उनलाई न्यूरोले थप उपचारका लागि नोबेल शिक्षण अस्पताल रेफर गरेको छ। हलिममाथि विराटनगर-८ का अन्दाजी ३० वर्षीय समीर हुसेनलगायतका तीन जनाले तरबार हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

घटनामा संलग्नहरू फरार रहेका कारण खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक एवं सहायक सूचना अधिकारी पपु नायकले बताए। 

सम्बन्धित समाचार