२०८३ बैशाख ३१ गते , विहीबार
बालयौन दुरुपयोग गरेको अभियोगमा चाइल्ड केयर सेन्टरका सञ्चालक पक्राउ
बालयौन दुरुपयोग गरेको अभियोगमा ललितपुर महानगरपालिका- २२ बुङ्मतीस्थित ब्लेस हाउस एन्ड चाइल्ड केयर सेन्टरका सञ्चालक पक्राउ परेका छन् । केयर प्रहरीले सेन्टरका सञ्चालक हुम्ला सिमिकोट गाउँपालिका- ६ घर भएका ४१ वर्षीय दत्त सिंह बुढालाई पक्राउ गरेको हो ।
दत्तसिंहले उक्त चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई गत असारदेखि साउन २६ गतेसम्म बालयौन दुरुपयोग गरेको र बालिकाले यस्तो नगर्नु भन्दा कुटपिट तथा शारीरिक यातना समेत दिएको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बालिकालाई हाल संरक्षण गृहमा राखिएको छ । उनी उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।