२०८३ बैशाख ३१ गते , विहीबार

१४ वर्षीया किशोरीलाई बलात्कार गरेको आराेपमा एक युवक पक्राउ

sajilo news
मोरङ
२०८० श्रावण २८ गते , आईतबार
१४ वर्षीया किशोरीलाई बलात्कार गरेको आराेपमा एक युवक पक्राउ

मोरङमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लेटाङ नगरपालिका-५ बस्ने २३ वर्षीय युवराज महरा रहेका छन् ।

उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। महराले ती किशोरीलाई साउन २० गते बेलुकी सोही ठाउँस्थित बाँसघारीमा ललाई फकाई बलात्कारगरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

सम्बन्धित समाचार