२०८३ बैशाख ३१ गते , विहीबार

नक्कली नेपाली नोटसहित तीन जना पक्राउ 

sajilo news
काठमाडौं
२०८० श्रावण २४ गते , बुधबार
नक्कली नेपाली नोटसहित तीन जना पक्राउ 

नक्कली नेपाली नोटसहित काठमाडौंबाट तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। सोमबार साँझ तारकेश्वर नगरपालिका-५ गोलढुंगा नगिनी खोला अगाडिबाट सशस्त्र प्रहरी बलले नक्कली नोटसहित खोटाङको दिचुप गाउँपालिका- ५ का लक्ष्मी पाण्डे, लमजुङको घुरती गाउँपालिका-२ का सुवास गुरुङ र रामेछापको गोकुलगंगा गाउँपालिका- १ का मदन दमाईलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीलाई आएको गोप्य सूचनाका आधारमा छापा हान्दा उनीहरुको साथबाट एक हजारको १८२ थान नक्कली नेपाली नोट, ४ वटा मोबाइल, १० वटा सिमकार्ड र पल्सर मोटरसाइकल बरामद भएको छ। उनीहरुको कोठाबाट नक्कली नोट बनाउन प्रयोग गरिएको खाली कागज पनि भेटिएको छ। उनीहरु भुइँतलामा घर भाडामा लिएर बसेका थिए।

सम्बन्धित समाचार