२०८३ बैशाख ३१ गते , विहीबार

दमकमा ब्राउन सुगरसहित एक जना पक्राउ

sajilo news
झापा
२०८० श्रावण २२ गते , सोमबार
दमकमा ब्राउन सुगरसहित एक जना पक्राउ

दमक । झापाको दमक नगरपालिका- ९ स्थित चिया बगानमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । आइतबार दिउँसो साढे १० बजे लागु औषध बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोही ठाउँका स्थानीय २२ वर्षीय रोहित गौतमलाई पक्राउ गरेका थिए । शङ्कास्पद अवस्थामा रहेका गौतमलाई चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।  घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार