२०८३ बैशाख ३१ गते , विहीबार

झापामा अवैध काठसहित फर्निचर सञ्चालक पक्राउ

sajilo news
झापा
२०८० श्रावण २२ गते , सोमबार
झापामा अवैध काठसहित फर्निचर सञ्चालक पक्राउ

दमक । झापाको दमकमा अवैध काठसहित फर्निचर सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका-१ स्थित सुकुम्वासी टोलमा सञ्चालित गौरव फर्निचर उद्योगका सञ्चालक गोकुल घिमिरे रहेका छन् ।

सो फर्निचरमा अवैध काठ रहेको भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो साढे २ बजे चेकजाँच गर्दा सखुवा र सिसौ जातका अन्दाजी २० क्यु फिट चिरान काठ बरामद गरेको थियो । 

फर्निचर सञ्चालक घिमिरे समेतलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वन कार्यालय बेलडाँगीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ।

सम्बन्धित समाचार