२०८३ बैशाख ३१ गते , विहीबार
बालयौन दुरुपयोग मुद्दाका फरार भद्रपुरका पाठक पक्राउ
भद्रपुर । झापामा बालयौन दुरुपयोग मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-२ बस्ने ४१ वर्षीय माइला भन्ने होमबहादुर पाठक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा जिल्ला अदालतको २०७९ असार ७ गतेको फैसला अनुसार बालयौन दुरुपयोग मुद्दामा पाठकलाई १ वर्ष कैद, १० हजार जरिवाना र २५ हजार क्षतिपूर्ति भराउनु पर्ने तथा चार सय पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय सुनाएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अदालतमा उपस्थित गराई कैद भुक्तानका लागी झापा कारागार भद्रपुर पठाइसकेको प्रहरीले जनाएको छ ।