२०८३ बैशाख ३१ गते , विहीबार

सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत दुई लाख घुससहित पक्राउ

sajilo news
मोरङ
२०८० असार २२ गते , शुक्रबार
सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत दुई लाख घुससहित पक्राउ

मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लेखा अधिकृत ढकाल २ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको जनाइएको छ ।  नगरपालिकाको विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग 
 घुस लिइसकेको अवस्थामा उनलाई कार्यकक्षबाटै आयोगको ईटहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार