२०८३ बैशाख १६ गते , बुधबार

मोटरसाइकल चोरेर भाग्दै गर्दा तीन जना समातिए

sajilo news
मोरङ
२०८० असार ११ गते , सोमबार
मोटरसाइकल चोरेर भाग्दै गर्दा तीन जना समातिए

मोटरसाइकल चोरी गरेर भाग्दै गरेका ३ जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । मोरङको ग्रामथान गाउँपालिका–१ का कृष्ण राजवंशी, विराटनगर महानगरपालिका–१ का ओमप्रकाश कामत र विराटनगर–३ का आदर्श चौधरी पक्राउ परेका हुन् । 
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार को ९ प ९३४६ नम्बरको मोटरसाइकल चोरेर भाग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो।

विराटनगर–१९ मा रहेको ड्रिम गार्डेनमा पार्किङ गरेर राखेको मोटरसाइकल शनिबार साँझ चोरी भएको थियो । पार्किङ गरेर राखेपछि मोटरसाइकलका धनी पौडी खेल्न गएका बेला उनीहरुले चोरी गरेको जानकारी दाहालले दिए । प्रहरीले घटनाका बारेमा साँझ ७ बजेतिर जानकारी पाएको थियो । 

अस्थायी प्रहरी चौकी घिनाघाटबाट खटिएको टोलीले चोरीको मोटरसाइकलसहित घटनामा संलग्न ३ जनालाई ड्रिम गार्डेननजिकबाटै पक्राउ गरेको हो । ३ जना मिलेर मोटरसाइकल चोरी गरेको पाइएको डीएसपी दाहालले बताए । 

सम्बन्धित समाचार