२०८३ बैशाख १६ गते , बुधबार

झापामा चोरी र बाल यौन दुरुपयोग मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

sajilo news
झापा
२०८० असार ८ गते , शुक्रबार
झापामा चोरी र बाल यौन दुरुपयोग मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

भद्रपुर । झापामा चोरी र बाल यौन दुरुपयोग मुद्दाका फरार दुई प्रतिवादी पक्राउ परेका छन् । झापा जिल्ला अदालतको २०७७ माघ १३ गतेको फैसला अनुसार चोरी मुद्दामा ३ महिना कैद सजाय तथा ४ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका मेचीनगर नगरपालिका १३ का २५ वर्षीय सञ्जय दुलाल भन्ने अविनारायण दुलाल र अदालतको २०७९ बैशाख ७  गतेको फैसला अनुसार बाल यौन दुरुपयोग मुद्दामा ४ महिना कैद सजाय ४ हजार रुपैयाँ जरिवाना फैसला भई फरार रहेका भद्रपुर नगरपालिका ६ का ६० वर्षीय जयनारायण साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका उनीहरूलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागि झापा कारागार पठाइएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार