२०८३ बैशाख १६ गते , बुधबार

स्टेशनरी पसलमा चोरी गर्ने चार जना पक्राउ

sajilo news
इलाम
२०८० जेष्ठ ३२ गते , विहीबार
स्टेशनरी पसलमा चोरी गर्ने चार जना पक्राउ

इलामको माई नगरपालिका–२ सितलीमा रहेको घिमिरे स्टेशनरी चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराती १ बजेको समयमा पसलको ताला तोडी नगद र जिन्सी चोरी गर्ने पक्राउ परेका हुन् । चोरी गर्दागर्दै माई–२ का १४ वर्षीय अमित लकान्द्री पक्राउ परेका हुन भने अनुसन्धानका क्रममा अन्य तीन लाई पक्राउ गरिएको लोदिया प्रहरी चौकी दानावारिका इन्चार्ज सञ्जय न्यौपानेले जानकारी दिए । 
घिमिरे पुस्तक पसलका प्रोप्राइटर गोपाल घिमिरेका अनुसार पसलमा रहेको नगद ११ हजार ४ सय ६५ रुपैयाँ र केही जिन्सी सामान चोरी भएको बताए ।
पछिल्लो समय दानावारिमा चोरीका घटना बढ्दै गएका छन्। डेढ महिना अघि साना किसान महिला कृषि सहकारी संस्थाबाट चोरी भएको २७ लाख ७१ हजार समेत हाल सम्म चोरी गर्ने व्यक्ति र नगद फेला पार्न सकिएको छैन।

सम्बन्धित समाचार