२०८३ बैशाख १६ गते , बुधबार

झापामा पशुपक्षी मुद्दाका फरार एक प्रतिवादी पक्राउ

sajilo news
झापा
२०८० जेष्ठ ३२ गते , विहीबार
झापामा पशुपक्षी मुद्दाका फरार एक प्रतिवादी पक्राउ

पशुपक्षी सम्बन्धी कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका ३ का ३२ वर्षीय पशुपति भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

झापा जिल्ला अदालतको २०७८ साल पुस २२ गतेको फैसला अनुसार पशुपक्षी सम्बन्धी कसुर मुद्दामा फरार रहेका भट्टराईलाई ६ महिना कैद तथा सजाय तोकिएको थियो । सोही दिनदेखि फरार रहेका उनलाई  जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरी  फैसला कार्यान्वयनका झापा कारागार चलान गरिसकेको जनाइएको छ । 

सम्बन्धित समाचार