२०८३ बैशाख १६ गते , बुधबार

पाँचथरमा कीर्ते कागजात बनाएर नागरिकता लिन खोज्ने दुई जना पक्राउ

sajilo news
पाँचथर
२०८० जेष्ठ ३२ गते , विहीबार
पाँचथरमा कीर्ते कागजात बनाएर नागरिकता लिन खोज्ने दुई जना पक्राउ

पाँचथरमा कीर्ते कागजात बनाएर भारतीय नागरिकले नेपाली नागरिकता लिन खोजेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–१ का ६४ वर्षीय गंगाप्रसाद आङदेम्बे र भारत असामका उनका झट्केलो छोरा २२ वर्षीय समित आङ्देम्बे रहेका छन् ।

उनीहरु नागरिकता बनाउन चाहिने विभिन्न कागजात पुर्‍याएर जिल्ला प्रशासन पुगेका थिए । जिल्ला प्रशासनका अनुसार उनीहरुले पटक/पटक नागरिकता बनाउनका लागि प्रयास गरेका थिए ।

गङ्गाकी श्रीमतीको पहिलो विवाह भारतीय नागरिकसँग भएको थियो । गङ्गासँग दोश्रो विवाह गरेकी उनको श्रीमतीको केही वर्ष अगाडि अङ्गीकृत नागरिकता बनेको थियो । झट्केलो छोरोलाई नागरिकता बनाउन विभिन्न प्रयास गरेपछि उनी पक्राउ परेका हुन् । उनीहरुले पेस गरेको शैक्षिक प्रमाणपत्र माँझीटार आधारभूत विद्यालय हिलिहाङको रहेको छ । पेस भएको कक्षा–७ को शैक्षिक प्रमाणपत्रमा निधन भइसकेका प्रअको हस्ताक्षर रहेको खुल्न आएको प्रहरी जनाएको छ।

सम्बन्धित समाचार