झापामा दुई नाबालकसहित ५ जना फरार प्रतिवादी पक्राउ
झापा । झापामा दुई नाबालकसहित ५ जना फरार प्रतिवादी पक्राउ परेका छन् । झापा जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार विभिन्न मुद्दाहरूमा फरार रहेका दुई नाबालकसहित ५ जना फरार प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आइतबार अदालतमा उपस्थित गराएको र अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा झापा जिल्ला अदालतको मिति २०७९ असार ८ गतेको फैसलाअनुसार वन्यजन्तु चोरी मुद्दामा ६ महिना कैद र रु १० हजार जरिवाना भई फरार रहेका कचनकवल गाउँपालिका वडा नं.३ बस्ने २२ वर्षीय शेरबहादुर तामाङ भन्ने सञ्जीव तामाङ, झापा जिल्ला अदालतको मिति २०७८ भदौ २८ गतेको फैसला अनुसार डाँका आपराधिक उपद्रवसम्बन्धी कसुर मुद्दामा ८ महिना कैद र रु १० हजार जरिवाना भई फरार रहेका बिर्तामोड नगरपालिका वडा नं.४ बस्ने १८ वर्षीय साङ्केतिक नाम “मानस”, झापा जिल्ला अदालतको मिति २०७८ भदौ २८ गतेको फैसला अनुसार डाँका आपराधिक उपद्रवसम्बन्धी कसुर मुद्दामा १ वर्ष कैद र रु २० हजार जरिवाना भई फरार रहेका बिर्तामोड नगरपालिका वडा नं.३ बस्ने २० वर्षीय साङ्केतिक नाम “ संसार ” , झापा जिल्ला अदालतको मिति २०७३ जेठ १३ गतेको फैसला अनुसार मोटरसाइकल चोरी मुद्दामा १ महिना १५ दिन कैद र रु ३ लाख १४ हजार ८५० जरिवाना भई फरार रहेका कनकाई नगरपालिका वडा नं.७ बस्ने ३१ वर्षीय सुरज चौधरी र झापा जिल्ला अदालतको मिति २०७८ पुस ७ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा १ महिना कैद र रु २ हजार जरिवाना भई फरार रहेका मेचीनगर नगरपालिका वडा नं.१० बस्ने ४२ वर्षीय जीवनकुमार लामा रहेका छन् ।