२०८३ बैशाख २४ गते , विहीबार

झापामा एक साताभित्र २९ फरार प्रतिवादी पक्राउ

sajilo news
झापा
२०८० बैशाख २६ गते , मंगलबार
झापामा एक साताभित्र २९ फरार प्रतिवादी पक्राउ

भद्रपुर । झापामा एक सातामा २९ जना फरार प्रतिवादी पक्राउ परेका छन् । आपराधिक घटनामा संलग्न फरार प्रतिवादीहरू धमाधम पक्राउ पर्न थालेका हुन् । यस क्रममा सोमवार मात्र चार जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

झापा जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार फरार रहेका ६ जना प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको उनले बताए ।

झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तान बाँकी रहेका २ जना प्रतिवादीहरूलाई कैद भुक्तानको लागि झापा कारागार पठाइएको र जरिवाना तोकिएको प्रतिवादीहरूलाई जरिवाना रकम बुझाउन लगाई छाडिएको डीएसपी रिजालले जानकारी दिए । जघन्य आपराधिक मुद्दामा फरारसहित लागू औषध कारोबारमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गरिएको रिजालको भनाइ छ ।

सम्बन्धित समाचार