२०८३ बैशाख २४ गते , विहीबार

झापामा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

sajilo news
झापा
२०८० बैशाख २४ गते , आईतबार
झापामा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

झापाको सुरुङ्गामा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छन् ।  कनकाई नगरपालिका– ३ सुरुङ्गामा ४५ बर्षिया श्रीमती सुनिता कार्कीको कुटाइबाट उनका श्रीमान् ५३ वर्षीय टेकबहादुर कार्कीको ज्यान गएको हो । प्रहरीका अनुसार गत बैशाख ८ गते श्रीमती सुनिताले शरीरका विभिन्न भागमा फलामको रडले प्रहार गर्दा श्रीमान् टेकबहादुर सख्त घाइते बनेका थिए । आज बिहान घाइते कार्कीको मृत्यु भएको हो ।

मृत्युपछि सुनितालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए । सुनिता र टेकबहादुरबीच गत बैशाख ८ गते बेलुका घरायसी विवाद हुँदा सुनिताले कुटपिट गरेकी थिइन् । कुटाइबाट घाइते भएका कार्कीलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र उपचारपश्चात् घर ल्याएकोमा आज बिहान ७ बजे घरैमा मृत्यु भएको थियो । डेरा गरी बस्ने कार्की दम्पती दुवै जना ज्याला मजदुरी गरी परिवार पाल्दै आएका थिए । टेकबहादुरको शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको डीएसपी रिजालले बताए ।

सम्बन्धित समाचार