२०८३ बैशाख २४ गते , विहीबार

प्याडभित्र लुकाएर ब्राउन सुगरको तस्करी : भद्रपुर विमानस्थलबाट दिदीबहिनी पक्राउ

sajilo news
पार्थ मण्डल
२०८० बैशाख २२ गते , शुक्रबार
प्याडभित्र लुकाएर ब्राउन सुगरको तस्करी : भद्रपुर विमानस्थलबाट दिदीबहिनी पक्राउ

झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट लागुऔषध ब्राउन सुगरसहित दुई युवती पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा हेटौडा १ घर भई हाल झापा मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ (राजवंशी) र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

बिहीबार राति ९ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका उनीहरूलाई विमानस्थल प्रहरीले शरीर चेकजाँचका क्रममा सोनीको साथबाट ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर फेला परेको डीएसपी रिजालले बताए । 

सोनीले गुप्ताङमा लगाएको प्याडमा ब्राउन सुगर लुकाएर काठमाडौं लैजान खोजेकी थिइन् । सोनीसँग ब्राउन सुगर फेला परेपछि सँगै काठमाडौं जान लागेकी उनकी दिदी सन्ध्यालाई पनि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार