२०८३ बैशाख २४ गते , विहीबार

मेलामा नक्कली नोटसहित एक जना पक्राउ

sajilo news
झापा
२०८० बैशाख २२ गते , शुक्रबार
मेलामा नक्कली नोटसहित एक जना पक्राउ

सुनसरीको सिरुवा मेलाबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।  इटहरी उपमहानगरपालिका १ स्थितमा आपगाछी लागेको सिरुवा मेलाबाट बिहीबार साँझ सवा ७ बजेको समयमा सुनसरीको गढीगाउँपालिका- २ घर भएका वर्ष ३८ को जमिल खातुनले मेलामा जेरी किनेर एक हजार रुपैयाँ तिर्दा पसलको मानिसले नक्कली पैसा दिएको शङ्का लागेर मेलामा डिउटी खटिएको प्रहरी टोलीलाई जानकारी गराएका थिए ।

घटना बारेमा जानकारी पाउन साथ प्रहरीले नियन्त्रणमा लिएको खातुनको साथबाट एक हजारको ६ थान र पाँच सयको २२ थान नक्कली नोट बरामद गरेको  । घटना बारेमा थप अनुसन्धान गरिरहेको  जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित समाचार