२०८३ बैशाख २४ गते , विहीबार

लागु औषध गाजासहित दुई जना पक्राउ

sajilo news
झापा
२०८० बैशाख २१ गते , विहीबार
लागु औषध गाजासहित दुई जना पक्राउ

प्रतिबन्धित लागु औषध गाजासहित २ जनालाई सशस्त्र प्रहरीले धरानबाट पक्राउ गरेको छ। बिहीबार बिहान सशस्त्र प्रहरी बल बेस क्याम्प धरानको टोलीले ठूलो परिणाममा गाजासहित धनकुटाका चन्द्र थापा र तेह्रथुमका चुडामणि कटवाललाई पक्राउ गरेको हो।  

धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्रदेश १-०२००१ ख ९४८९ नम्बरको ट्रकमा ल्याउँदै गरेको २ सय २७ केजी गाजा  बरामद गरिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लकेशकुमार तुम्बाहाम्फेले बताए। 

धरानको शिवधारामा सवारी चेकिङका क्रममा गाजासहित थापा र कटवाललाई नियन्त्रणमा लिएको उनले बताए।  धनकुटाको सहिदभूमी गाउँपालिका र पाख्रीबास नगरपालिका क्षेत्रमा उत्पादन हुने गाजा तस्करहरुले सुनसरी र मोरङ हुँदै भारततर्फ तस्करी गर्ने गरेका छन्। 

बरामद गाजा, ट्रक र तस्करीमा सम्लग्न दुबैजनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यलय धरानलाई बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालले बताए। उनले धरानको बाटो प्रयोग गर्दै लागु औषध र चोरी तस्करीको सामान ओसारपसार गर्ने गरेकाले चौबिसै घण्टा सशस्त्र प्रहरी परिचालन गरी अबैध गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा मजबुत पारिएको बताए।

 

सम्बन्धित समाचार